निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। आज मात्र महाँधिबेशन प्रतिनिधी चक्रबहादुर शाहले आफु युवाको एकल पनि साझा उम्मेद्धार रहेको र जिल्लाका अग्रज नेताहरुको पनि आफुलाई आश्रीबाद हुँने बिश्वास ब्यक्त गरेका छन्। पहीलो पन्तिका नेताहरुले जिल्लामा तिस पैतिस बर्ष नेतृत्व समालीसकेका र अब युवाहरुलाई नेतृत्व हस्तान्तरण […]
"/> सबै नेता र युवाको साझा उम्मेद्धार हुः नेता शाह – शिंजापति

सबै नेता र युवाको साझा उम्मेद्धार हुः नेता शाह

  • शिंजापति न्युज
  • बुधबार, भदौ ३०, २०७८ १७:५७:२२
सबै नेता र युवाको साझा उम्मेद्धार हुः नेता शाह

निमेन्द्र शाही / नेपाली कांग्रेसको बाजुराको अधिबेशिन नजिकीदै जाँदा दिन प्रतिदिन उम्मेद्धार घोषण गर्नेक्रम बढेको छ। आज मात्र महाँधिबेशन प्रतिनिधी चक्रबहादुर शाहले आफु युवाको एकल पनि साझा उम्मेद्धार रहेको र जिल्लाका अग्रज नेताहरुको पनि आफुलाई आश्रीबाद हुँने बिश्वास ब्यक्त गरेका छन्।
पहीलो पन्तिका नेताहरुले जिल्लामा तिस पैतिस बर्ष नेतृत्व समालीसकेका र अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको अवस्थामा चुनाबी दैडमा युवाले जिम्मेवारी लिन तयार हुँनुपर्ने अवस्था आएकाले आफ्नो उम्मेद्धारी घोषणा गरेको बताए।
शाहले भनेः‘हाम्रा अदारणीय नेता देबराज जोशी, जनक गिरी बद्री पाण्डे,रामसिंह रावल कबिराज पण्डित हरुले हाम्रो पुस्तालाई नेतृत्व हस्तान्तण गर्न तयारी गरीराख्नु भएको छ। त्यसैले युवा साथिहरुले मलाई एकल उम्मेद्धारकारुपमा अगाडी बढाएका छन्। अब जिल्लाको नेतृत्व लिनका लागि हामी युवाहरु तयारी अवस्थामा छौं । हामी, कुनै पनि गुट नभनी समग्र युवाको टीम बनाएर सहमतीकालागि नेतृत्व संग अनुरोध गर्ने र चुनाबमा पनि युवाको सिंगो टीमनै जाँन तयार भएका छौं।’
पार्टीले चुनाबी दैडमा रहेका मध्यबाट उम्मेद्धार छनोट गर्ने प्रचलन छ। तर शाहले भने देबराज जोशी, जनक गिरी र बद्री पाण्डे तिनै नेताको आश्रीबाद सहीत आमु नेतृत्व लिने बताएका छन्। उनले कुनै पनि गुट उपगुट भनेर नलाग्ने र योग्य साथिहरुको टिमले नेतृत्व पाउँनु पर्ने बताएका छन्।
यस अगाडी बर्तमान सभापती कबिराज पण्डित, महाँधिबेशन प्रतिनिधी महाँ नेपाली र रामसिंह रावल सभापतिको दैडमा देखीएका छन्। दोस्रो पुस्ता बाट शाहको एक उम्मेद्धारी देखीएको छ।

प्रकाशित: बुधबार, भदौ ३०, २०७८ १७:५७:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।