बिहीबार राति भएको अविरल वर्षाका कारण आएको बाढीले बाजुराको बुढीगंगा नगरपालिका- ६, बाम्का बजारका दुई पसल बगाएको छ । बाम्का बजार क्षेउको छडा खोलाले कटान गर्दा २ ओटा पसल बगाएको बार्जुगाड प्रहरी चौकीका सई रामबहादुर थापाले जानकारी दिए । एक दर्जनभन्दा बढी पसलभित्र पानी र माटो पसेको थापाले बताए । बाम्का बजारमा होटल गर्दै आएका […]
"/> बाजुराको छडा खोलामा आएको बाढीले दुई वटा पसल बगायो – शिंजापति

बाजुराको छडा खोलामा आएको बाढीले दुई वटा पसल बगायो

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ ११:११:२५
बाजुराको छडा खोलामा आएको बाढीले दुई वटा पसल बगायो

बिहीबार राति भएको अविरल वर्षाका कारण आएको बाढीले बाजुराको बुढीगंगा नगरपालिका- ६, बाम्का बजारका दुई पसल बगाएको छ ।

बाम्का बजार क्षेउको छडा खोलाले कटान गर्दा २ ओटा पसल बगाएको बार्जुगाड प्रहरी चौकीका सई रामबहादुर थापाले जानकारी दिए । एक दर्जनभन्दा बढी पसलभित्र पानी र माटो पसेको थापाले बताए ।

बाम्का बजारमा होटल गर्दै आएका त्रिबेणी नगरपाललिका लोकेश नाथ र ग्यारेज सञ्चालन गर्दै आएका मन थापाको पसल बगाएको प्रहरीले जानकारी दिएको छ । छडा खोलाले कटान गर्दा पसलको पछाडिको भाग भत्केको छ ।

त्यस्तै गजेन्द्र शाहको हार्डवेयर, राजेश साउदको मोटरसाइकल ग्यारेजलगायत दर्जन बढी पसलमा पानी पसेर क्षति भएको थापाले बताए । क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ ११:११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।