बाजुराकाे हिमाली गाउँपालिका– ४, कवाडीमा काेराेनाकाे लक्षण भएका स्थानीयवासीलाई ओडारमा लगेर स्वाब लिन थालिएकाे छ । परीक्षणका लागि उपयुक्त ठाउँ नपाइएकाले खोलानजिकैको ओडारमा लगेर स्थानीयवासीकाे स्वाब संकलन गर्न थालिएकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘कवाडीमा स्वास्थ्य संस्था नजिक छैनन् । कसैकाे घर प्रयाेग गरी स्वाब संकलन गराैँ न त भन्दा पनि पाइँदैन । त्यसैले ओडारमा लगेर स्वाब लिएका हाैँ’, जिल्ला स्वास्थ्य कार्यालयका प्राविधिक जगत शाहीले […]
"/> ओडारमा स्वाब संकलन – शिंजापति

ओडारमा स्वाब संकलन

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ ११:५८:0२
ओडारमा स्वाब संकलन

बाजुराकाे हिमाली गाउँपालिका– ४, कवाडीमा काेराेनाकाे लक्षण भएका स्थानीयवासीलाई ओडारमा लगेर स्वाब लिन थालिएकाे छ । परीक्षणका लागि उपयुक्त ठाउँ नपाइएकाले खोलानजिकैको ओडारमा लगेर स्थानीयवासीकाे स्वाब संकलन गर्न थालिएकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

‘कवाडीमा स्वास्थ्य संस्था नजिक छैनन् । कसैकाे घर प्रयाेग गरी स्वाब संकलन गराैँ न त भन्दा पनि पाइँदैन । त्यसैले ओडारमा लगेर स्वाब लिएका हाैँ’, जिल्ला स्वास्थ्य कार्यालयका प्राविधिक जगत शाहीले बताए ।

बाजुरा र हुम्लाको सिमानामा रहेको हिमाली गाउँपालिका– ४, कवाडी खोला किनारछेउकाे ओडारमा स्वाब संकलन  गर्दै स्वास्थ्यकर्मी । 

भारतबाट थुप्रै मानिस गाउँ पसेका छन् । स्वास्थ्यकर्मीहरू गाउँ नै काेराेनाकाे उच्च जाेखिममा रहेकाे बताउँछन् । ‘हाम्रो साधानस्रोत न्यून छ’, गैरसरकारी महासंघका अध्यक्ष अग्निराज शाहीले भने, ‘त्यसैले आफैँले उच्च सतर्कता अपनाउनुकाे विकल्प छैन ।’

हिमाली गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले स्वास्थ्यचाैकीमा स्वाब संकलनकाे प्रबन्ध गर्ने बताए । ‘म आफैँ संक्रमित भएर गाउँपालिकाको कोभिड अस्पतालमा छु’, उनले भने,  ‘कवाडीमा स्वाब लिन उपयुक्त ठाउँ नपाएकाले बजारनजिकैको ओडारमा स्वाब लिने काम भइरहेकाे खबर पाएँ । अबका दिनमा स्वाब लिँदा स्वास्थ्य चौकीमा लिने प्रबन्ध मिलाउनेछौँ ।’

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी महेश चन्दलाई यसबारे सोध्दा त्यसको जानकारी नभएको बताए । उनले भने, ‘बाजुरामा हालसम्म संक्रमितको संख्या ९७ पुगेको छ । ७४ जना होम आइसाेलेसनमा छन् भने २३ जना अस्पतालमा छन् । जिल्लामा चारवटा कोरोना अस्पताल सञ्चालित छन् । ६५ आइसाेलेसन बेड, दुइटा आईसीयू बेड र दुइटा भेन्टिलेटर छन् ।’

घर-घरमा बिरामी, परीक्षण गर्न डराउँछन्  

बाजुरामा चार नगरपालिका र पाँचवटा गाउँपालिकामा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामी घर–घरमा छन् । तर, आफूलाई कोरोना देखिने डरले उनीहरू परीक्षण गर्न मानिरहेका छैनन् ।

‘कोरोना डढेलाेजस्ताे फैलिरहेको छ। लक्षण भएकाहरूले परीक्षण गर्न मानेदेखि संक्रमतिलाई फरक ठाउँमा राखिन्थ्याे । काेराेना धेरै फैलिन पाउँदैन थियाे’, हिमाली गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत भण्डारीले भने ।

बाजुरा र हुम्लाको सिमानामा रहेको हिमाली गाउँपालिका–४, कवाडी खोला किनारछेउकाे ओडारमा स्वाब संकलन  गर्दै स्वास्थ्यकर्मी । 

बुढीगंगा नगरपालिकामा भाइरल ज्वरो, खोकी भएका बिरामी गाउँगाउँमा भए पनि काेराेना परीक्षण गर्न नमानेकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘कोही परीक्षण गर्नै मान्दैनन् । न स्वास्थ्य चौकीमा उपचार गर्न नै आउँछन्’, बूढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले भने ।

बुढीगंगा नगरपालिका– ६, बोरावाडामा गाउँभरि बिरामी रहेका स्थानीय मनबहादुर बोहराले बताए । ती बिरामीहरू स्थानीय मेडिकलतिर धाइरहेका छन् । जम्माजम्मी एक जनाकाे परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएकाे छ ।

स्वास्थ्य चाैकीमा परीक्षण गर्न लाउँछन् भनेर बिरामीहरू मेडिकलतिर जाने गरेकाे बाेहरा बताउँछन् ।

बुढीगंगा नगरपालिका– ३, सेराकाे एक मेडिकलमा ज्वरो, खोकीका बिरामी दैनिक ४० भन्दा बढी आउने गरेको मेडिकल सञ्चालक बताउँछन् ।

जिल्लाभरि कोरोनाकाे जस्तो लक्षण भएका बिरामी गाउँगाउँमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।खप्तडछेडेदह गाउँपालिका १ बस्ने धन रोकायाका अनुसार बिरामी १ हप्तासम्म पनि सञ्चो भएका छैनन् ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ ११:५८:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।