निमेन्द्र शाही बाजुरा/सुदुर र कणर्ली प्रदेशका पहाडी जिल्लामा काटको काम गरेर जिबिकोपार्जन गर्नेहरुलेको पेसा पछिल्लो समय संकटमा परेको छ। आलोकाठबाट महिपार्ने ठेकी,पीठो मुच्ने कोसी, कचौरा बनाएर आफ्नो गुजरा चलाउँने चदारा जातिको सामुदायीक वनले काठ काटे कारबाही गर्ने भए पछि पेसा संकटमा परेको हो। स्वामीकार्तिक खापर गाउँपालिका-३ ठुलापाटाका दल चदाराले भनेः‘काठको काम नगरी घरमा चुलो बल्दैन, […]
"/>निमेन्द्र शाही बाजुरा/सुदुर र कणर्ली प्रदेशका पहाडी जिल्लामा काटको काम गरेर जिबिकोपार्जन गर्नेहरुलेको पेसा पछिल्लो समय संकटमा परेको छ। आलोकाठबाट महिपार्ने ठेकी,पीठो मुच्ने कोसी, कचौरा बनाएर आफ्नो गुजरा चलाउँने चदारा जातिको सामुदायीक वनले काठ काटे कारबाही गर्ने भए पछि पेसा संकटमा परेको हो।
स्वामीकार्तिक खापर गाउँपालिका-३ ठुलापाटाका दल चदाराले भनेः‘काठको काम नगरी घरमा चुलो बल्दैन, जंगलमा काठ काट्न गयो भने उपभोक्ता समितिले कारबाही गर्छ, हामीलाई काम गर्न कठीन भएको छ। यही असजीलो भएर धेरैले यो पेशा छोडी सकेका छन्।’
चदाराले थपेः‘काठका कोसी, मुसल, ठेकी फुरु, गिला र कचौरा बनाएर गाउँमा त्यसमा भरेर खाद्यान्न साँटेर आफ्नो दैनिकी चलाउँने गरेका थियौं। अहिले यो पेशाले घरधन्दा नचल्ले भए पछि हामीले भात गएर चौकीदारी गर्नुको बिकल्प छैन।’
हरेक गाउँमा सामुदायीक वनले आवश्यक पर्ने काठ काट्न नदिने र काठ काट्दा थाहा पाएमा डण्ड जरीबाना गर्ने र सामाग्रीहरु लुटीदीने भएका कारण समस्या भएको छ। पछिल्लो पुस्ताले त्यो पेशालाई ग्रहण गर्न सकेको छैन। परम्परागत रुपमा चँदारा जातीहरुले यसै बाट दैनिक गुजारा चलाउँदै आएका थिए तर पछिल्लो समय बजारमा स्टीलका समानहरु आउँने आगरेका छन् सजिलो हल्का हुँने भएका कारण स्थानियहरु काठको सामानको प्रयोग कम गर्ने गरेका छन्।
परम्परागत पेसालाई आधुनिकीकरण गर्न नसक्नु र कतै बाट सहयोग नपाएका कारण पछिल्लो समय चदारा जातिको काठका समान बनाउँने पेसा लोप हुँन लागेको हो। बर्ष भरी खलोको भरमा काठका सामाग्रीहरु उत्पादन गरेर काठको समानमा दिने र त्यसमा भरेर ल्याएको अन्नले आफ्नो परीवार पाल्ने गदछन्।
भाडीमा ठेकी किन्न आएका अरबिन्द्र सिंहले भनेः‘गउँमा काठको भाडा नपाएर मात्र स्टीको भाँडा प्रयोग गर्नु पर्ने बाध्यता छ।,गाई भैसीको दुध काठको भाँडामा जति मिठो हुँन्छ, त्यति मिठो स्टीलको भाँडामा हुँदैन, गाउँमा भाँडी(काठको सामान कोर्ने मेसीन) चलाउँने कमै छन्।,पहिलेको जस्तो जहाँतही पाईदैन।’
सरद सिंहले आफ्नो अनुभव सुनाउँदै भनेः ‘बुढा पाकाहरु बजारबाट ल्याएको ठेकीको दही मिठो हुँदैन भनेर खाँदैनन् हामीले सजिलोका लागि बजारका समान प्रयोग गरेका छौं। यहाँ पहिलेको जसरी उपलब्ध पनी हुँदैन काठको काम छोडेर भारत जाँने र अरु काम गर्ने भएकाले पनि काठका समान गाउँमा नपाइएका हुन्।’
आफ्नो परम्परागत सिपलाई आधुनिकता तर्फ बदल्न स्थानिय सरकार र संघ संस्थाले सहयोग गर्ने हो भने यहाँका चदारा जातीहरुको दैनिकी सहज र आय आर्जनमा जोडिने थियो । तर समुदायमा यस जतीकाहरुको पहुँच नहुँने र समुदायीक बनका समितीमा कथित उपल्ला जातहरु मात्र रहने हुँदा यीनको पेसा नै संकटमा परेको छ।