माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको केन्द्रीय सदस्यमा बाजुराका कबिजंङ्ग शाही र निर्मला बिष्ट निर्बाचित भएका छन्। भेलाले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]
"/> वाईसीएलको केन्द्रीय समितिमा शाही र बिष्ट चयन – शिंजापति

वाईसीएलको केन्द्रीय समितिमा शाही र बिष्ट चयन

  • शिंजापति न्युज
  • बुधबार, भदौ १६, २०७८ 0६:३८:0९
वाईसीएलको केन्द्रीय समितिमा शाही र बिष्ट चयन

माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको केन्द्रीय सदस्यमा बाजुराका कबिजंङ्ग शाही र निर्मला बिष्ट निर्बाचित भएका छन्।
भेलाले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसीएलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ । केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए ।
नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुने छन् । इन्चार्ज सापकोटाका अनुसार वाईसीइएलको विधानमा १० प्रतिशत सदस्यपछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुने छन् । उनले भने, ‘१० प्रतिशतपछि मनोनित हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं । यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ । राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ ।’
गत शनिबारबाट सुरु भएको वाईसीएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुवोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए । तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रिय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरुलाई परिचालन गर्ने निणर्य पनि गरेको वाईसीएल नेपालले जनाएको छ ।

प्रकाशित: बुधबार, भदौ १६, २०७८ 0६:३८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।