चक्रबहादुर शाह नेपाली कांग्रेस बाजुराका पुराना नेता हुन् । उनी ३२ वर्षदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनि अहिले जिल्लामा अरु उम्मेद्धार भन्दा एजेन्डाका कारण बलिया मानिएका छन्। जिल्लामा शाहलाई सबैले मिजासिलो नेताका रूपमा चिन्छन् । उनी पदगत स्वार्थभन्दा गुटरहित राजनीतिको पक्षमा वकालत गर्ने नेताभित्र पर्छन् । उनलाइका सबै गुटका नेता कार्यक्रताले पत्याउँने […]
"/> यस कारण चक्र शाह बलिया उम्मेदवार – शिंजापति

यस कारण चक्र शाह बलिया उम्मेदवार

  • शिंजापति न्युज
  • मङ्लबार, अशोज ५, २०७८ १४:0९:२८
यस कारण चक्र शाह बलिया उम्मेदवार

चक्रबहादुर शाह नेपाली कांग्रेस बाजुराका पुराना नेता हुन् । उनी ३२ वर्षदेखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनि अहिले जिल्लामा अरु उम्मेद्धार भन्दा एजेन्डाका कारण बलिया मानिएका छन्।

जिल्लामा शाहलाई सबैले मिजासिलो नेताका रूपमा चिन्छन् । उनी पदगत स्वार्थभन्दा गुटरहित राजनीतिको पक्षमा वकालत गर्ने नेताभित्र पर्छन् । उनलाइका सबै गुटका नेता कार्यक्रताले पत्याउँने भएकाले  शाह जिल्लामा सबैको प्रिय बनेका छन् ।

यतिबेला उनै शाह नेपाली कांग्रेस बाजुरा सभापतिको दौडमा छन् । उनले पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेद्वारीको घोषणा गरिसकेका छन् ।

‘पहिले जिल्लामा निकै राम्रो वातावरण थियो । सबैले सबैलाई सम्मान गर्ने प्रचलन रहेको पाइन्थ्यो । तर, अहिले ब्यक्तिगत गुटगत राजनीति हाबी हुँदै गएको छ । हामीले जति प्रयास गर्दा पनि पछिल्लो समय गुटगत राजनीतिको अन्त्य गर्न सकिएको छैन । यस्तो अवस्थामा जिल्लाका युवादेखि सिनियरअग्रज साथिहरूले मलाई अगाडि सर्न भन्नुभयो । र, सबै साथिहरूसँगको सल्लाहमा मैले उम्मेद्वारी घोषणा गरेको हुँ,’ उनले भने ।उनले पार्टीभित्रको गुटगत राजनीति र ब्यक्तिवाद पद्धतिलाई अन्त्य गर्नकै लागि आफ्नो उम्मेदवारी भएको बताए ।

यस कारण चक्र शाह बलिया उम्मेदवार

शाहको पार्टीका विभिन्न संगठनमा ठूलो योगदान छ । उनले २०४६ सालमा जिल्लामा नेपाल विद्यार्थी संघको प्रारम्भिक कमिटीमा बसेर काम गर्दै २०५१ देखि ०५४ सालसम्म नेपाल पारामेडिकल एसोसिएसन बाजुरा जिल्ला अध्यक्षका रूपमा काम गर्दै २०५४ पारामेडिकलको एसोसिएसन नेपाल केन्द्रीय सदस्य भए । ‘२०५४–०५८ सम्म नेपाल निजामती संघ बाजुरा जिल्ला अध्यक्ष भएर काम गरेँ । २०५७ मा नेपाल निजामती कर्मचारी संघको केन्द्रीय पार्षद सदस्य भएर काम गरेँ,’ उनले भने ।

उनी २०५९–६८ सालमा नेपाल निर्माण व्यवसायी संघ बाजुरा जिल्ला अध्यक्ष भए । उनले जिल्ला अध्यक्षका रूपमा दुई कार्यकाल काम गरे । २०६५ देखि ६९ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्लाकार समिति का बिभिन्न पदमा रहि सल्लाहकार का रूपमा पनि पार्टी मा काम गरे ।

May be an image of 6 people

२०६८ सालमा नेपाल निर्माण व्यवसायी महासंघ केन्द्रीय सदस्य भइसकेका शाह कांग्रेसको १३औं महाधिवेशनमा कांग्रेस महाधिवेशन प्रतिनिधिका रूपमा जिल्लामा पपुलर मतका साथ विजयी भए ।

२०५१ साल र २०५३ सालको एमाले सरकारको अत्याचारको विरुद्ध उनलाई ज्यान मार्ने सडेन्त्रका बाबजुत बचेर पनि उनी २ महिना जेल जीवन बिताएका छन् । त्यतिबेलाको सो धटनापछि स्थानीयले उनलाई ज्युदो सहिदका रूपमा सम्झने गर्छन् ।

नेता शाहले बाजुरामा एमालेको केन्द्रीय नेतृत्वसँग जहिल्यै पनि संघर्ष गर्ने स्थानबाट राजनिति सुरु भएकाले पार्टीका लागि एकताको आवस्यक बोध गर्ने र एकता का लागि उनको नेतृत्व क्षमता आवस्यक भएकाले कांग्रेसका तमाम नेता कार्यकर्ताले उनी आवश्यक रहेको बताउँछन् । उनले आफू सधै पार्टीमा मेलमिलापकै सिद्धान्त तथा पक्षमा रहेकाले २०५१ देखि सबैलाई मिलाउने भूमिकामै रहेको बताए ।

उनले आफ्नो उम्मेद्वारी गुटगत स्वार्थको अन्त्यका साथै युवाहरूलाई अबसर दिइ पार्टीप्रति जिम्मेवार बनाउन र अग्रजहरूलाई समेत उचित जिम्मेवारी सहित सम्मान गर्नका लागी पनि रहेको बताए । ‘हामीले युवाहरूलाई पार्टीमा स्थान दिनुपर्छ । त्यसले नविन विचार जन्मिन्छ । अहिलेका युवाहरूले पार्टीमा प्रविधिको प्रयोग गर्छन् । यसो भन्दै गर्दा अग्रज नेताहरूलाई उपेक्षा गर्ने भनेको होइन । उहाँहरूसँग सल्लाह गर्दै उहाँहरूको अनुभवलाई कार्यान्वयन र सम्मन्वय गर्दै अगाडी बढ्नुपर्छ,’ शाहले भने ।

उनी आफ्नो उम्मेद्ववारी कुनै हालतमा फिर्ता नहुने बताउँछन् । जिल्लामा आफू गुटगत ब्यक्तिवाद चरित्रको अन्त्यको पक्षमा रहेकाले जिल्लाका अग्रज आदरणीय नेता कार्यकर्ताहरूले पनि आफूलाई साथ दिनेमा विश्वस्त रहेको उनले बताए ।

उनले आफू सभापति भइसकेपछि संगठनमा लगानी भएका काम गर्ने साथिहरूले उचित स्थान पाउने बताए । ‘अहिले त आफू नजिकका मानिसलाई च्याप्ने ,संगठनमा काम गर्ने खट्ने साथीहरूको उचित मूल्याङ्कन नै नहुने प्रवृति बढ्दो छ , म त्यस प्रवृत्तिको अन्त्य गर्नेछु,’ उनले भने ।जस्ले गर्दा काम गर्ने साथीहरुको हौसला बढाउन सक्ने र पार्टी ले नबिनतम गति लिने विश्वास समेत व्यक्त गरे ।

उनले यसका साथै समग्र जिल्लाको विकासका लागि सरकारका जनमुखि नीतिहरूलाई कार्यान्वयनमा ल्याउन सरकारसँग सधै पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । ‘म आइसकेपछि केन्द्र प्रदेश र स्थानीय सरकारसँगको समन्वय र स्थानीय सरकारसँगको सहकार्यमा नै जिल्लाकाे समग्र विकासको कामलाई अगाडि बढाउन आफ्नोतर्फबाट पहल गर्नेछु,’ उनले भने ।

उनी राजनीतिलाई समाजसेवा संग जोडेर हेर्नु पर्ने पेशा नबनाउने समेत बताउँछन् । ‘प्रत्येक राजनीति गर्ने मान्छेको जिबन निर्वाह गर्न कुनै न कुनै व्यवसाय वा पेशा हुनुपर्छ । राजनीति त समाज सेवा हो । जनताको सेवा गर्ने ठाउँ हो । देशको सेवा गर्ने ठाउँ हो । यसलाई पेशा व्यवसाय बनाइनु हुँदैन,’ उनले भने ।

उनले कुनै पेशा व्यवसाय नभएको मानिस राजनीतिमा लाग्दा जिबन निर्बाह गर्न असजिलो गर्ने पराश्रृत हुने त्यसले गर्दा कुनै न कुनै भ्रष्टाचारमा फस्ने सम्भावना रहने बताए । राजनीति राज्यको मूल नीति भएकाले त्यसलाई स्वार्थसिद्ध गर्न गरिन्छ भने त्यो राजनिति ले देश र जनताको हितमा काम गर्दैन , उनले बताए । उनले पार्टीमा लामो समयदेखि सक्रिय रहेको र सधै सलव र सक्षम कांग्रेसको वकालत गर्ने योद्धा भएकाले यस पटक पार्टी सभापतिमा आफ्नो दाबी रहेको प्रष्ट पारे ।

प्रकाशित: मङ्लबार, अशोज ५, २०७८ १४:0९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।