निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम देखी १६ किलोमिटरको बाटो हिडे पछि गौमुल गाउँपालिकाको कार्यालय पुगिन्छ । त्यहाँ बाट पाचँ किलोमिटर जति हिड्ने हो भने मालिबनको पुल आउँछ। २०७६ साउँन २५ गते बाढीले बगाएर झोलुङ्गे पुल क्षेत बिक्षत पारेको थियो । त्यो पुल मर्मत नहुँदा गिद्धले मासु खाएर छोडेको सिनो जस्तै देखीन्छ। स्थानियहरुले काठको टेका दिएर त्यही […]
"/> दुई बर्षदेखी पहरामा भर्‍याङ्ग र पुलमा काठको टेका – शिंजापति

दुई बर्षदेखी पहरामा भर्‍याङ्ग र पुलमा काठको टेका

  • शिंजापति न्युज
  • आइतवार, माघ २३, २०७८ १४:१६:२४
दुई बर्षदेखी पहरामा भर्‍याङ्ग र पुलमा काठको टेका

निमेन्द्र शाही/बाजुरा जिल्लाको सदरमुकाम देखी १६ किलोमिटरको बाटो हिडे पछि गौमुल गाउँपालिकाको कार्यालय पुगिन्छ । त्यहाँ बाट पाचँ किलोमिटर जति हिड्ने हो भने मालिबनको पुल आउँछ। २०७६ साउँन २५ गते बाढीले बगाएर झोलुङ्गे पुल क्षेत बिक्षत पारेको थियो । त्यो पुल मर्मत नहुँदा गिद्धले मासु खाएर छोडेको सिनो जस्तै देखीन्छ। स्थानियहरुले काठको टेका दिएर त्यही पुलमा जोखीम पुण यात्रा गरी रहेका छन् । पुल मात्र त्यसो छैन बाटोको पनि उत्तिकै समस्या छ। माल्या खेराको पहरामा काठको सिडी ओर्लेर फेरी पहरामा काठको सिन्काले बनेको पुलझै देखीने बाटो पार गर्नु पर्ने बाध्यता छ।
गौमुल गाउँपालिकाको वडा नं एकको अम्लीस,अन्राडी,माडी गाउँका स्थानिय र वडा न २ को मल्दुगुन र तल्दुगुनका स्थानिय त्यही बाटो भएर दुई बर्ष देखी ओहर दोहर गर्नु पर्ने बाध्यता छ। समयमा पुल र बाटो नबनेका कारण एक्लो दुक्लो हिड्न कडीन छ। बर्षादको समयमा गोरु बाख्रा खोला वारी बाट पारी लिन सकीएको छैन।
गरुङ्गो भारी र बिरामीहरु बोकेर सदरमुकाम आउँन असज हुँदौ आएको छ। ठुलो भारी लिएर भिरको बाटोमा काठको सिडीको भरमा ओहर दोहर गर्न कठीन छ।
गाउँपालिका अध्यक्ष हरी रोकायाको घर जाँने बाटो पनि त्यही हो । उनि पनि यही बाटो भएर ओहरदोहर गर्छन् तर पुल मर्मत भने भएको छैन ।
स्थानिय कुन्ती रोकायाले भनिन्ः‘नेताहरु आउँदा पुल बनाउँछौ। भन्छन् दुई बर्ष बिति सक्यो बनेको छैन। पुल नहुँदा हामीले काठको टेका दिएर जेनतेन मान्छे हिड्न भएको छ। गाई बस्तु हरु वारीका वारी र पारीको पारीनै छन्।’
धनबहादुर रोकायाले भनेः ‘यो बाटो भएर गाउँपालिका अध्यक्ष पनि हिड्छन् तर पुल दुई बर्ष देखी जहीको तही छ।। हामीलाई पुल नहुँदा समस्या छ।’
भक्त बहादुर रोकायाको पनि गुनोसो उस्तै छ।‘ यहाँ बाट पारी भैसी खरक र आउँने जाने मुख्य बाटो हो तर कसैले बनाउँन तिर चाँसो दिएको पाईदैन। उसोत माथिका मान्छेको गाउँपालिकाको कार्यालय जाँने पनि मुल बाटो यही हो। पुल किन बनेको छैन थाहा छैन।’
गाउँ गाउँमा सिंहदरबार पुग्ने परीकल्पना गरेका नागरीकले एउटा पुल सम्म नपाउँदा सिंहदरबार गाउँमा आएको कल्पना कसरी गर्ने हो।

प्रकाशित: आइतवार, माघ २३, २०७८ १४:१६:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।