दाङ । नक्कली माया जालमा पारेर १२ लाख रुपैयाँ असुली गर्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो । पक्राउपछि सार्वजनिक गरिएकाहरुमा रोल्पा परिवर्तन गाउँपालिका – ५ निबासी ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका – १० निबासी पवित्रा डाँगी, सोही ठाँउका ३२ […]
"/> नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ – शिंजापति

नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ

  • शिंजापति न्युज
  • शुक्रबार, भदौ ३, २०७९ १८:१७:२0
नक्कली मायाजालमा पारेर १२ लाख असुली गर्ने महिलाको गिरोह पक्राउ

दाङ । नक्कली माया जालमा पारेर १२ लाख रुपैयाँ असुली गर्ने महिलाको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरेर उनिहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउपछि सार्वजनिक गरिएकाहरुमा रोल्पा परिवर्तन गाउँपालिका – ५ निबासी ४० वर्षीय दिलिप कुमार वली, घोराही उपमहानगरपालिका – १० निबासी पवित्रा डाँगी, सोही ठाँउका ३२ वर्षीया बिमला डाँगी, २९ वर्षीया शान्ता नेपाली र २२ वर्षीया सर्मिला भनिने पर्मिला नेपाली रहेको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

घोराही उपमहानगरपालिका – १० नारायणपुुर बजारमा सुनचाँदी व्यवसाय गर्ने दिनेश घर्ती मगरलाई शर्मिला नेपालीले साउन २६ गते राती ११ बजे योजनाबद्ध तरिकाले आफ्नो घरमा बोलाएकी थिइन् ।

घर्ती घरमा पुगेको केहि समयपछि त्यहाँ पुगेका अन्य चारजनाले रकमको बार्गेनिङ गरेका थिए । भने अनुसार रकम नदिए प्रहरीमा बलात्कार मुद्दा दर्ता गर्ने त्रास देखाएपछि पिडितले १२ लाख २० हजार दिने सहमति अनुसार एक लाख नगद र २÷२ लाख रुपैयाँको २ वटा चेक र ७ लाख २० हजारको एउटा चेक दिएका थिए । पिडकले बोलाएर घरमा गएका घर्तीले १२ लाख रुपैयाँ तिर्नै पर्ने बाध्यता भएपछि उनी प्रहरीमा पुगेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरु माथि मुुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुुसार अपराधिक लाभ शिर्षकमा मुद्धा दर्ता गरी अनुुसन्धान भईरहेको प्रहरी उपरीक्षक काफ्लेले बताए । यस अघि पनि हनिट्रयामा ३ जना महिला पक्राउ परेका थिए ।

प्रकाशित: शुक्रबार, भदौ ३, २०७९ १८:१७:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।