निमेन्द्र शाही बाजुरा१४मंसिर/निर्वाचन आयोगले बुधबार, बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिए लगतै बाजुरामा मतगणनाको तयारी तिब्र बनाईएको छ । अप्रान्न चारबजे सुरक्षा समितिको बैठक सकेर जिल्ला प्रशासन कार्यालयले सर्बदलिय बैठको आबह्वान गरेको हो । आजनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको […]
"/> बाजुरामा मतगणनाको तिब्र तयारी – शिंजापति

बाजुरामा मतगणनाको तिब्र तयारी

  • शिंजापति न्युज
  • बुधबार, मंसिर १४, २०७९ १७:0२:0६
बाजुरामा मतगणनाको तिब्र तयारी

निमेन्द्र शाही बाजुरा१४मंसिर/निर्वाचन आयोगले बुधबार, बाजुरा र स्याङ्जा-२ मा मतगणना सुरु गर्न निर्देशन दिए लगतै बाजुरामा मतगणनाको तयारी तिब्र बनाईएको छ । अप्रान्न चारबजे सुरक्षा समितिको बैठक सकेर जिल्ला प्रशासन कार्यालयले सर्बदलिय बैठको आबह्वान गरेको हो ।

No description available.
आजनै बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो । आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न भनेको हो । बाजुराको बुढीनन्दा नगरपालिका-५ नन्देश्वरी माबिको मतदान केन्द्रमा स्थगित भएको मतदा संसीर १० गते पुनः गरीएको छ।
बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप लगाएका कारण अन्यौलमा रहेको मतगणर्ना शुरु हुँने भएपछि सदरमुकामा चहलपहल बढेको छ । बाजुराको त्रिवेणी-७ को मतदानस्थलमा मतदन सकी सके पछि विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो । त्यस पछि कांग्रेस समर्थित समूहको कुटपिटबाट अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको ज्यान गएको आरोप लगाईएको छ।

प्रकाशित: बुधबार, मंसिर १४, २०७९ १७:0२:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।