निमेन्द्र शाही बडिमालीका नगरपालिका-१पाटामा केही बर्ष यताको पहिरोले गाउँ पुरै बिस्थापित हुँने अवस्थामा हरेको छ। गाउँको दायाँ बाँया पट्टीको पहिरो छ। स्थानिय धेरैको पहिरोका कारण बिचल्ली भएको छ। प्रत्यक बर्ष कसैन कसैको पवरीवार बिस्थापीत हुँनु परेको छ। त्यहाँका स्थानिय कणर्बहादुर रावतले भनेः-‘दिनभरीको कामले थाकीएको हुन्छ,राति सुत्नेबेला गाउँको पछाडी पट्टीको पहिलोले भोली बिहान बाँचिने होकी हैन […]
"/> ‘आजराति बाँचिने हो हैन, ज्यान भगवान भरोसामा छ।’ – शिंजापति

‘आजराति बाँचिने हो हैन, ज्यान भगवान भरोसामा छ।’

  • शिंजापति न्युज
  • बुधबार, साउन १०, २०८० १७:५६:३२
‘आजराति बाँचिने हो हैन, ज्यान भगवान भरोसामा छ।’
निमेन्द्र शाही बडिमालीका नगरपालिका-१पाटामा केही बर्ष यताको पहिरोले गाउँ पुरै बिस्थापित हुँने अवस्थामा हरेको छ। गाउँको दायाँ बाँया पट्टीको पहिरो छ। स्थानिय धेरैको पहिरोका कारण बिचल्ली भएको छ। प्रत्यक बर्ष कसैन कसैको पवरीवार बिस्थापीत हुँनु परेको छ। त्यहाँका स्थानिय कणर्बहादुर रावतले भनेः-‘दिनभरीको कामले थाकीएको हुन्छ,राति सुत्नेबेला गाउँको पछाडी पट्टीको पहिलोले भोली बिहान बाँचिने होकी हैन भन्ने चिन्ताले पिरोली रहेको हुन्छ ।’
स्वामीकार्तिक खापर गाउँपालिका-१रुडीमा पनि त्यस्तै समस्या छ। गाउँको सिरामा बर्षै पिछे आउँने पहिरोले गाउँको खेती योग्य जिमीन पुरै पुरेको छ। हरेक बर्ष स्थानियको पहिरोमा परोमा परी ज्यान गुमाउँनु परेको छ। स्थानिय आनन्द कार्कीले भनेः-‘सबैतिर खेती लागी सक्यो, हाम्रोमा पहिरोका कारण पानी नहुँदा खेती बाँझै छ।, गाउँबाट बाहिर जान, घाँस दाउँरा पानी ल्याउँन सकीदैन। हरेक बर्ष कोहीन कोही आफन्तको ज्यान लिने गरेको छ।,कही जाउँ भने ठौर छैन, यहाँ बसै भने बाँच्न गारो छ।’
जगन्नाथ गाउँपालिका-५का शंकरे सार्कीले भनेः-‘पोहरको साल पहिरोले आधा घर जोगायो त्यसैमा पाल हालेर जहान कबीला पाले, यो बर्खामा बाँचिने हो हैन भगवान भरोसा छ।’ उनको घरको मुनी बाट गाउँपालिकाले सडक खनेकाले पहिरो शुरु भएको हो ।
बाजुराको सदरमुकाम मार्तडीमा सरोकारवाला माझ अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का वैज्ञानिकहरू, राष्ट्रिय योजना आयोग र नापी विभागका अधिकारीले जिल्लाको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदनमा जिल्लाको ५१ प्रतिशत भू-भागको बस्ती मानव बसो बासका लागि उपयुक्त नभएको निचोड लेखीएको छ ।
त्यसैले पाँच वर्षअघिको सोही प्रतिवेदनको निचोडअनुसार विज्ञहरूले सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् । ‘जिल्लाको कुल क्षेत्रफल मध्ये १ सय ९१ वर्ग किलोमिटर मात्रै बस्ती बस्न सुरक्षित देखिन्छ । प्रारम्भिक अध्ययन अनुसार १९ स्थान मात्रै बस्तीका लागि योग्य छन् ।’, पाँच वर्षअघि प्रतिवेदन तयार गर्ने समूहका सदस्य प्रेम दंगालले भने ः‘गुइगाड खोलाको बाढी र पहिरोका कारण खप्तड छेडदह गाउँपालिका, त्रिवेणी नगरपालिका र बुढीगंगा नगरपालिकाका केही बस्ती जोखिममा छन् ।,यहाँका २४ हजार ८ सय ८८ घरमध्ये हाल ५ हजार २९ मात्रै सुरक्षित रहेको छ ।’
प्रतिवेदनमा ९० वर्गकिलोमिटर क्षेत्रफल पहिरो प्रभावित छ । यो प्रतिवेदन हेर्ने हो भने बाजुराको जमिन बस्तीका लागि सुरक्षित छैन । यद्यपि, यहाँका जनता हरेक वर्ष पहिरोबाट जोगिएको तर जोखिम कायमै रहेका ठाउँमा घर बनाएर बसिनै रहेका छन् ।
No description available.
वर्षात्मा जहिल्यै जरजर
बडिमालिका नगरपालिका-७ ढम्कनेमा गए राति परेको पहीरोका कारण एक दर्जन बढी घर हरु जोखीम रहेका छन्। त्यस वडाका वडा अध्यक्ष धर्मराज पाध्यायले भनेः‘हाम्रो वडामा धेरै घरको बिचल्ली छ।, त्यसको ब्यवस्थापनका लागि सम्बन्धित निकाएलाई पहल गरेका छौं जिल्ली गाउँ पहिरोले घेरिएको छ । यहाँका स्थानीयले हरेक वर्ष पहिरोको सामना गर्नुपरेको छ ।’
जिल्लाका ९५ गाउँ उच्च जोखिममा रहेको सूची जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको छ । समिति बैठकमा गैमुल गाउँपालिका र हिमाली गाउँपालिकाका अध्यक्षले मिल्ने भए आफ्ना गाउँपालिकाको बस्ती अर्को ठाउँमा सार्न जरुरी रहेको बताएका छन् ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा पुनः निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीको चलानी नम्बर ६६९ को पत्रमा ‘जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती विकास गर्नुपर्ने स्थानहरूको विवरण उपलब्ध गराउनू’ भनी आएको निर्देशनअनुसार जिल्लाका नौवटै स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर समितिले विपद् जोखिममा रहेका बस्तीको सूची तयार पारी केन्द्रमा पठाउने निणर्य गरेको प्रशासन कार्यालयले बताएको छ।
जिल्लाका अधिकांश गाउँ पहिरोका कारण थिलथिलो बनेका छन् । पूर्वोत्तर क्षेत्रका गाउँहरू खडेरीका कारण सार्नुपर्ने, हिमाली र गौमुल गाउँपालिकाका बस्तीहरू छरिएर रहेकाले विकास गर्न कठिन भएकाले एकीकृत बस्तीको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।
बाजुराका धेरै गाउँ उच्च जोखिममा रहेको तथ्याङक केन्द्रमा पठाइएको छ । त्रिवेणी नगरपालिकाका बस्तीहरू बढी जोखिममा छन् । यसैगरी, जोखिम सूचीको दोस्रोमा बडिमालिका नगरपालिका छ । जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले जिल्लाभर जोखिममा रहेका विभिन्न बस्तीको पहिचान गरी स्थानान्तरण गर्नुपर्ने निणर्यसमेत गरेको छ ।  त्रिवेणी नगरपालिकाको पैमा गाउँभन्दा दक्षिणमा खसेको पहिरोले घर, खेत बगाउनुका साथै उम्कोट र साँफे मार्तडी सडक अवरुद्ध गरेको छ ।
बुढीगंगा नगरपालिका-१ को कुडी, २ को बल्दे र नडाङ, ३ को गड्तोला, ४ को साउवाडा र खोडालवाडा ५ को कोटवाडा, वडा नम्बर ६ को फालासैन उच्च जोखिममा छन् । यस्तै त्रिवेणी नगरपालिकामा सबैभन्दा बढी बस्ती जोखिममा छन्, जसमा वडा नम्बर ८ को पन्ताली, ढडाली, बागापाटा, कालापानी, गिरिवाडा, नेपालीटोल, ९ को ताम्सु र नुवाकोट, ६ को गैरा र पन्धारा गाउँ, फल्नेतोला बस्तीलाई व्यवस्थापन गर्न वडा नम्बर १ को विशाल बजार र सल्लेरी, ५ को किम्नीको ढोड क्षेत्र र वडा नम्बर ४ को पीपलसैन, राउतेला छन् ।
छेडदह गाउँपालिका-१ को नाउलीखोला र पैयापाटा, ३ को टुनीसैन, ४ को चास्ला ५ को पारतोला, माडीखोला, बुढाथोकिबाडा र घरेडी, ६ को सुदाडा र वडा नम्बर २ को बल्दे पनि उच्च जोखिमयुक्त ठाउँका रूपमा सिफारिस भएका छन् । गौमुल गाउँपालिकामा भने सबैभन्दा कम बस्ती जोखिममा रहे पनि छरिएका बस्तीलाई एकीकृत गर्न आवश्यक रहेको छ।
गौमुल गाउँपालिकाका-१ को माडी र सिम, २ को गताडी, मल्लोदुगन, पौदाली, कुहुडा पाटा, चल्लो काट्ना, ३ को आला, धल्काडा, कटीगाउँ, बेहरी, ५ को कोट, ६ को बसाला लगायतका बस्ती जोखिममा छन् । स्थानान्तरण गर्नु पर्ने बस्तीहरूमा १ को, दुर्गाली खौला र अन्द्राडी, २ को कुहुडा र पौदाली आगर, ३ को पाते र गर्जे ५ को नक्राडा र पडीकोट, ४ को कौडाकोट र गदाडा, ६ को गैरीवाडा, शान्तीटोल चदारवाडा, सालीकोट लगायत छन् ।
त्रिवेणी नगरपालिकाको पैमा गाउँको मुनिबाट जान थालेको पहिरोले घर, खेत बगाएर बुढीगंगा नदी पुल माथि बाट बग्न थालेको छ । बुढीनन्दा नगरपालिका १ को साउने गाउँ, २ को कोल्टी गाउँ, ३ को भुलेना, ४ को घोडाकोट र सिराडी, ६ को दैया, लाटोवस्ती र खारगडा, ७ को पहेलसेरा, नौलाकोट र खड्का, वडा ८ को प्रियाकोट, ९ को गुईदेली लगायतका बस्ती पनि उच्च जोखिमा रहेको समितिको निचोड छ ।
जगन्नाथ गाउँ पालिकाका धेरै बस्ती भने जोखिमको सूचीमा छैनन् ।हिमाली गाउँ पालिकामा पनि कमै बस्ती जोखिमा छन् । यद्पि, स्थानान्तरण गर्नुपर्ने बस्ती धेरै देखिन्छन् ।
बाजुराका ९५ बस्ती जोखिममा रहेको र स्थानान्तरण तथा व्यवस्थापनका लागि सिफारिस गरिएको जिल्ला दैविक उद्धार समितिका सदस्य तथा गिफ्ट बाजुराका प्रबन्धक कृष्ण अधिकारीले बताए ।
प्रकाशित: बुधबार, साउन १०, २०८० १७:५६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।