निमेन्द्र शाही/आइतबार बिहान ७ बजेदेखि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। स्वामीकार्तिकमा भएको अहिले सम्मकै निर्वाचन मध्य सबै भन्दा कडा सुरक्षाका साथ निर्वाचन भएको पहिलो पटक हो । निर्वाचन आयोगले सुरक्षाको पूणर् प्रत्याभूति दिलाउने […]
"/>निमेन्द्र शाही/आइतबार बिहान ७ बजेदेखि बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले मतदानका लागि आज बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकेको छ। स्वामीकार्तिकमा भएको अहिले सम्मकै निर्वाचन मध्य सबै भन्दा कडा सुरक्षाका साथ निर्वाचन भएको पहिलो पटक हो ।
निर्वाचन आयोगले सुरक्षाको पूणर् प्रत्याभूति दिलाउने गरी सुरक्षा व्यवस्था मिलाइएका कारण निर्धक्कसाथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिकका अनुसार विहान ७ बजेर १७ मिनेटमा मतदान सुरु भएको थियो। बिहानै देखि मतदानस्थलमा मतदान गर्ने मतदाताको लाइन लागेको छ । जिल्लाको एक पालिकामा मात्रै उपनिर्वाचन हुन लागेकाले यसलाई जिल्लामै महत्त्वका साथ हेरिएको छ ।
उपाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि कर्मचारी खटाउनेदेखि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। उपनिर्वाचनका लागि ९ वटा मतदान केन्द्र तोकिएको थियो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदाता संख्या ७ हजार ६० छन्।
सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन्। जसमा उपाध्यक्ष पदका लागि एमालेबाट सुलोचनाकुमारी भण्डारी,नेपाली कांग्रेसबाट पुल्तीसरा शाही र एकीकृत समाजवादीबाट जवा शाही उम्मेदवार छन्।