नेकपा माओवादी केन्द्रले केन्द्रीय नेताहरुको कार्यविभाजन गरेको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट सो पार्टीले प्रदेश, प्रवास, जिल्ला समन्वय , उपत्यका समन्वय, सम्पर्क जस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोकेको हो । ती समितिमा कतै इन्चार्जमात्रै तोकिएको छ भने कतै सहइन्चार्ज, अध्यक्ष र सचिव पनि तोकिएको छ । यस्तै माओवादीले केन्द्रीय विभाग पनि गठन […]
रेवतीप्रसाद भुसाल नेपाली कांग्रेसका कार्यकर्तामा दुइटा विषयमा केही दुविधा छ। २०१२ सालदेखि कांग्रेसले समाजवादलाई आर्थिक सिद्धान्त बनायो। २०३३ सालदेखि राष्ट्रिय एकता र मेलमिलापको नीति अँगाल्यो। यी दुवै सिद्धान्त र नीतिको व्याख्याता बीपी कोइराला हो। बीपी जीवित रहुन्जेल यिनको बारेमा केही प्रश्न उठ्यो वा संसय भयो भने उहाँसँग भेटेपछि समाजवाद र मेलमिलापबारे आफ्नो विचार र तर्क […]
श्रीकृष्ण अधिकारी ‘विवेक’ ‘बौद्ध भिक्षु रहुन्जेल घण्टी बजाइरहनु पर्छ’ भन्ने यान्त्रित मान्यतामा आधारित छ एमाले दोस्रो तहका नेताहरूले बुझ्ने एमाले नाम, सूर्य चिन्ह र बहुदलीय जनवाद । क. मदन भण्डारीले पुँजीवादी जनवादी क्रान्तिको राजतन्त्रको एउटा निश्चित समयमा ल्याएको तात्कालीन सामान्य कार्यनीतिक नारा हो ‘बहुदलीय जनवाद’ । आज राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएर […]
सन् १९६७ को मार्च २३ देखि उनकै नेतृत्त्वमा बोलिभियामा छापामार युद्ध शुरु भयो । बोलिभियाली शासकहरु आत्तिए । चेलाई पक्रन ठूलो सैनिक अभियान सञ्चालन गरियो । आखिर १९६७ को अक्टोबर ८ मा उनी पक्राउ परे र पक्रेको भोलिपल्टै हत्या गरियो । प्रमेश पोखरेल चे ग्वेभारा एक क्रान्तिकारी मार्क्सवादी, दार्शनिक, चिकित्सक, अनुकरणीय अन्तर्राष्ट्रवादी, गुरिल्ला सशस्त्र […]
भ्रष्टाचार संस्थागत रूपमै सुसंगठित भयो भनी सर्वत्र अलोचना हुँदै आएको छ । तथापि, भ्रष्टाचार नियन्त्रण हुन सकेको छैन । नियन्त्रण गर्ने प्रमुख निकाय अख्तियारले नै राज्यको लाचार छाया बन्नुपर्दा छानबिनमा परेका अधिकांश घटनाको कानुनी रूपमा किनारा लाग्न सकेको छैन । राज्य नै भ्रष्टाचारको संरक्षक बन्ने प्रवृत्ति मौलाउँदै आउँदा अख्तियारको काम कार्य पनि प्रभावित बन्दै आएको […]
काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पु¥याएर आयोगले बुधबार नै दर्ता गर्ने तयारी गरेको हो । निर्वाचन आयोग उच्च स्रोतका अनुसार आयोगले सनाखतसहित आवश्यक […]
काठमाडौं सर्ट फिल्म फेस्टा-२०२१’ मा अभिनव जोशी निर्देशित ‘स्वीट सिक्सटिन’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको छ । आइतबार सम्पन्न कार्यक्रममा यो फिल्मलाई उत्कृष्ट सर्ट फिल्मको अवार्ड दिइएको हो । फेस्टामा सरोज खनालको निर्देशनमा बनेको सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ले जुरी अवार्ड हात पार्यो । दीपेन्द्र लामा निर्देशित ‘सावधान’ले पब्लिक च्वाइस अवार्ड जित्दा लक्ष्मण सुवेदी निर्देशित फिल्म […]
गायिका शान्तिश्री परियार र गायक यज्ञ विकको स्वरमा रहेको ‘लाजले छोपेको’ बोलको गीत विवादमा तानिएको छ । तीन दिनअघि युट्युबमा सार्वजनिक भएको गीतमा प्रयोग भएका शब्दमाथि धेरैले आपत्ति जनाएका छन् । गीतमा प्रयोग भएको ‘हेर्ने होर देखाइदिम्’ शब्द दुईअर्थी भएको भन्दै धेरैले यसको आलोचना गरेका छन् । शान्तिश्रीले उक्त गीतमा आवाज दिएकी छिन् । अहिले गीतको […]
‘आइन्दा हलिया बस्नुपर्दैन, ऋण सरकारले तिरिदिन्छ, घरजग्गा बनाउन पैसा दिन्छ भनेका थिए, यतिका वर्ष भयो, थाप्लाे ऋणले थिचिएकाे छ । विगतमा सुनेका ती आश्वासनले छाती पोल्छ । सुन्दा अनौठो लाग्ला, हामीलाई स्वयं सरकारले हलिया बस्नुपर्ने बाध्यतामा घँचेडेकाे छ’, बाजुराकाे बूढीनन्दा नगरपालिका- १ पीपलडालीका मनवीर लुहार मलिन सुनिए । मनवीर ‘ग’ वर्गका मुक्त हलिया हुन् । हलिया मुक्तिकाे घाेषणापछि उनले घर बनाउने प्रयाेजनका […]
देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]
बूढीनन्दा नगरपालिका- ६ की ६५ वर्षीया बाटुकला नेपाली साहुको खेतमा खलो पाउने आशामा काम गर्न आइन् । उनी बेल्का एक सुपो धान लिएर घर फर्किइन् । गाउँमा २५ परिवार साहु छन् तर यस वर्ष एक सुपो मात्र धानले चित्त बुझाउनुपरेको बाध्यता उनले पोखिन् । बूढीनन्दा नगरपालिका-१, कोल्टीका बिसे लुहारले पनि केही वर्षपहिले घरपरिवारलाई केही महिना पुग्ने खलो […]
जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ । ‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् […]