गायिका शान्तिश्री परियार र गायक यज्ञ विकको स्वरमा रहेको ‘लाजले छोपेको’ बोलको गीत विवादमा तानिएको छ । तीन दिनअघि युट्युबमा सार्वजनिक भएको गीतमा प्रयोग भएका शब्दमाथि धेरैले आपत्ति जनाएका छन् । गीतमा प्रयोग भएको ‘हेर्ने होर देखाइदिम्’ शब्द दुईअर्थी भएको भन्दै धेरैले यसको आलोचना गरेका छन् । शान्तिश्रीले उक्त गीतमा आवाज दिएकी छिन् । अहिले गीतको […]
"/> दुईअर्थी शब्द समावेश गीत ‘हेर्ने होर देखाइदिम्’ विवादमा – शिंजापति

दुईअर्थी शब्द समावेश गीत ‘हेर्ने होर देखाइदिम्’ विवादमा

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १६:0८:३५
दुईअर्थी शब्द समावेश गीत ‘हेर्ने होर देखाइदिम्’ विवादमा

गायिका शान्तिश्री परियार र गायक यज्ञ विकको स्वरमा रहेको ‘लाजले छोपेको’ बोलको गीत विवादमा तानिएको छ । तीन दिनअघि युट्युबमा सार्वजनिक भएको गीतमा प्रयोग भएका शब्दमाथि धेरैले आपत्ति जनाएका छन् ।

गीतमा प्रयोग भएको ‘हेर्ने होर देखाइदिम्’ शब्द दुईअर्थी भएको भन्दै धेरैले यसको आलोचना गरेका छन् । शान्तिश्रीले उक्त गीतमा आवाज दिएकी छिन् । अहिले गीतको यो लाइन टिकटक निकै चलेको पाइन्छ । गीतको यो शब्दमाथि टिकटक प्रयोगकर्ताहरूले पनि गलत शैलीमा भिडियो बनाएका छन् । जसका कारण पनि यो गीतको विवादमा तानिएको हो ।

गीतको शब्‍द राजु सुनामले लेखेका हुन् । उनले गीतमा दुईअर्थीलाई नै प्राथमिकता दिएको देखिन्छ । गीतमा संगीत पनि उनैले दिएका छन् । गीतको भिडियोमा भने अभिनेता पुष्प खड्का र जिसु कोइराला फिचर्ड छन् । म्युजिक भिडियो हुँदै फिल्ममा समेत स्थापित बन्‍दै गरेका पुष्पले यस्ता दुईअर्थी शब्द समेटिएको गीतको भिडियोमा काम गर्नु निराशाजनक हो । मौसम हिमालले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन् ।

पछिल्लो समय लोक गीतमा प्रयोग भएका शब्दमाथि धेरैले प्रश्न उठाएका हुन्छन् । गीतकार तथा गायकहरूले सस्तो लोकप्रियताका लागि दुईअर्थी शब्द राख्ने गरेको पाइन्छ । यसैको उदाहरण हो, ‘हेर्ने होर देखाइदिम्’ ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १६:0८:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।