काठमाडौं सर्ट फिल्म फेस्टा-२०२१’ मा अभिनव जोशी निर्देशित ‘स्वीट सिक्सटिन’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको छ । आइतबार सम्पन्न कार्यक्रममा यो फिल्मलाई उत्कृष्ट सर्ट फिल्मको अवार्ड दिइएको हो । फेस्टामा सरोज खनालको निर्देशनमा बनेको सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ले जुरी अवार्ड हात पार्‍यो । दीपेन्द्र लामा निर्देशित ‘सावधान’ले पब्लिक च्वाइस अवार्ड जित्दा लक्ष्‍मण सुवेदी निर्देशित फिल्म […]
"/> दीपेन्द्रको ‘सावधान’लाई पब्लिक च्वाइस अवार्ड, ‘स्वीट सिक्सटिन’ उत्कृष्ट सर्ट फिल्म – शिंजापति

दीपेन्द्रको ‘सावधान’लाई पब्लिक च्वाइस अवार्ड, ‘स्वीट सिक्सटिन’ उत्कृष्ट सर्ट फिल्म

  • शिंजापति न्युज
  • मङ्लबार, भदौ ८, २०७८ १६:१३:३७
दीपेन्द्रको ‘सावधान’लाई पब्लिक च्वाइस अवार्ड, ‘स्वीट सिक्सटिन’ उत्कृष्ट सर्ट फिल्म

काठमाडौं सर्ट फिल्म फेस्टा-२०२१’ मा अभिनव जोशी निर्देशित ‘स्वीट सिक्सटिन’ उत्कृष्ट सर्ट फिल्म घोषित भएको छ । आइतबार सम्पन्न कार्यक्रममा यो फिल्मलाई उत्कृष्ट सर्ट फिल्मको अवार्ड दिइएको हो ।

फेस्टामा सरोज खनालको निर्देशनमा बनेको सर्ट फिल्म ‘बिहानीमै अस्ताएको सूर्य’ले जुरी अवार्ड हात पार्‍यो । दीपेन्द्र लामा निर्देशित ‘सावधान’ले पब्लिक च्वाइस अवार्ड जित्दा लक्ष्‍मण सुवेदी निर्देशित फिल्म ‘मेहेन्दीको रङ्ग’ले उत्कृष्ट स्क्रिप्टको अवार्ड जित्यो ।

नवराज बुढाथोकी निर्देशित ‘हाउस हजवेन्ड’ले इन्करेजमेन्ट अवार्ड पायो भने पुरन जोशी निर्देशित ‘मह पूजा’लाई उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड दिइयो । फेस्टामा कल्याण अधिकारीले उत्कृष्‍ट सर्ट फिल्म निर्देशकको अवार्ड पाए ।

रंग पत्रकार सविन शाक्यको स्मृति तथा फिल्मीखबरको नाममा स्थापना गरिएको ‘फिल्मीखबर-सविन स्मृति रंग पत्रिकारिता पुरस्कार’ सुमन बैरागीलाई प्रदान गरियो ।

अवार्डको जुरीमा संयोजन ऋषि लामिछानेले गरेका थिए । उनीसँगै जुरी सदस्यमा प्रवण भुसाल, सुवास बुढाथोकी, रेनिस फागो, गोपाल ढकाल रहेका थिए ।

‘छायाछवि क्रियसन’ले आयोजना गर्दै आएको ‘काठमाडौं सर्ट फिल्म फेस्टा’को यो पाँचौ संस्करण हो । हरेक दुई-दुई वर्षमा आयोजना हुँदै आएको यो अवार्ड अब भने हरेक वर्ष आयोजना हुने आयोजक शान्ति प्रियले बताए ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, अभिनेता धिरेन शाक्य, निर्माता प्रदीपकुमार उदयलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित: मङ्लबार, भदौ ८, २०७८ १६:१३:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।