प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ ।
अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसमा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् ।
उनका अनुसार कोभिड–१९ का कारण जिल्लामा भेला नै गरेर कार्यक्रम गर्न सम्भव नभएकाले विरामीहरुलाई पोसिलो तथा फलफुल शरिरलाई आवश्यक पर्ने हुँदा सेन्टरले स्थापना दिवसमा फलफुल वितरण गरेको जानकारी दिएका छन् ।
विरामीलाई फलफुल वितरण कार्यक्रममा माओवादी केन्द्र बाजुराका प्रचार विभाग प्रमुख सुरेश वि.क.ले अनावश्यक रुपमा खर्च र गर्नु भन्दा विरामी भएकाहरुलाई मानवीय सेवाका रुपमा सानो भएपनि सह्रानिय कार्य गरेको प्रति धन्यवाद दिएका छन् ।
उनले संगठनले सधै रचनात्मक र समाज सेवामा टेवा पुग्न कार्यमा अग्रसर हुन प्रेस सेन्टर नेपाललाई आग्रह गरेका छन् ।
अस्पतालमा रहेका दश जना विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले फलफुल वितरण गरेको हो । फलफुल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रचार विभाग प्रमुख सुरेश वि.क. र प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निमेन्द्र शाही सहितको सहभागितामा फलफुल वितरण गरिएको अध्यक्ष शाही बताए ।
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पदम सिंह, महासंघ सदस्य देवराज पाध्याय,प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौले, अनेरास्ववियु क्रान्तिकारी बाजुरा अध्यक्ष खेमराज साउँद लगायतको सहभागी थिए ।