कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]
"/> बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु – शिंजापति

बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु

  • शिंजापति न्युज
  • आइतवार, माघ २, २०७८ १८:१२:१७
बाजुरामा एक जना कोरोना संक्रमीतको मृत्यु

कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् ।
उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेको जनाएको छ । मृतक बुढासंग आएका आफन्त होम आईसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ ।
हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये बडीमालिका नगरपालिकामा ८ जना, बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।

प्रकाशित: आइतवार, माघ २, २०७८ १८:१२:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।