राजेन्द्र बिक/ जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ। कोभिड १९ को बढ्दो संक्रमण बढ्न थालेपछि प्रशासनले ५ बुँदे आदेश जारी गरेको हो। कोभिडको बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्न आग्रह पनि गरिएको छ। आदेशमा प्रशासनबाट अर्को सूचना नभएसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाउन भनिएको छ। […]
"/> बाजुरा प्रशासनले जारी गर्‍यो सुरक्षा सावधानी आदेश – शिंजापति

बाजुरा प्रशासनले जारी गर्‍यो सुरक्षा सावधानी आदेश

  • शिंजापति न्युज
  • आइतवार, माघ २, २०७८ १६:0८:0४
बाजुरा प्रशासनले जारी गर्‍यो सुरक्षा सावधानी आदेश

राजेन्द्र बिक/ जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ। कोभिड १९ को बढ्दो संक्रमण बढ्न थालेपछि प्रशासनले ५ बुँदे आदेश जारी गरेको हो।

कोभिडको बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्न आग्रह पनि गरिएको छ। आदेशमा प्रशासनबाट अर्को सूचना नभएसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाउन भनिएको छ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर स्वास्थ्य सुरक्षा सम्बन्धी आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णानन्द जोशीले जानकारी दिए।

प्रकाशित: आइतवार, माघ २, २०७८ १६:0८:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।