बाजुरा २६ भदाै स्वामीकार्तिकखापर गाउँपालिका, वडा नं १ मुक्तीकोट मा कुपोषणको बिकराल रुपको बिभिन्न मिडियाामा समाचार प्रकाशन पछि बाजुरामा कुपोषणको स्मार्ट सर्बेक्षण शुरु भएको छ। समाचारमा कुपोषणले २०७८ साउन देखि ५ वर्ष मुनिका ६ जना बालबालिकाको मृत्यु कुरा उल्लेख गरीएको थियो । समाचार प्रकाशन पछि प्रदेश तथा स्थानिय तहको नेतृत्व तथा यूनिसेफ, सुआहारा लगायतका सरोकारवाला […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसर अस्पताल बाजुरामा कार्यरत सिअनमि धनकला थापालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ । मन्त्रालयले धनकला सँगै पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । स्वास्थ्य सेवा क्षेत्रमा राम्रो काम गरेको भन्दै अस्पताल बाजुरामा कार्यरत थापालाई ५० हजार राशीको स्वास्थ्य सेवा […]
प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा रहेका विरामीलाई फलफुल वितरण गरिएको छ । अस्पतालमा विभिन्न रोगबाट ग्रसित बनेका विरामीलाई प्रेस सेन्टर नेपाल बाजुराले स्थापना दिवसमा फलफुल वितरण गरेको प्रेस सेन्टर नेपाल बाजुराका अध्यक्ष सुरेन्द्रबहादुर शाहीले बताएका छन् । उनका अनुसार कोभिड–१९ का कारण जिल्लामा भेला नै गरेर कार्यक्रम गर्न सम्भव […]
कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढा रहेको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताएका छन् । उनका अनुसार भारतमा उपचारमा गएका बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको सुचना अधिकारी न्यौपानेले बताए । उपचारपछि […]
राजेन्द्र बिक/ जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ। कोभिड १९ को बढ्दो संक्रमण बढ्न थालेपछि प्रशासनले ५ बुँदे आदेश जारी गरेको हो। कोभिडको बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन सहयोगी भूमिका खेल्न आग्रह पनि गरिएको छ। आदेशमा प्रशासनबाट अर्को सूचना नभएसम्म स्वास्थ्य सुरक्षा सावधानी अपनाउन भनिएको छ। […]
‘पूर्ण सरसफाइ रणनीतिक योजना २०७२’ कार्यान्वयनमा नआउँदा बाजुरामा सरसफाइको अवस्था पुरानै दिसामा फर्किने चिन्ता थपिएको छ । खुला दिसामुक्त जिल्ला घोषणा भइसके पनि रणनीतिक योजना कार्यान्वयन नहुँदा सरसफाइको अवस्था परिवर्तन नहुने भन्दै चिन्ता थपिएको हो । ‘१२ मंसिर २०७१ मा खुला मञ्चमा भएको विशाल कार्यक्रम अहिले पनि सम्झनामा छ । जसलाई हामीले ऐतिहासिक सरसफाइ सम्मेलन […]
अहिले ग्रामीण बस्तीमा केही वर्षअगाडिको जस्तो कहालीलाग्दा दृश्य कमै मात्र खिच्ने अवसर मिल्दछ । सुविधा र चेतनाले ग्रामीण रहनसहनमा कोल्टो फेराएको छ । अझ सरसफाइका कुरा गर्दा ‘आची भेटियो कि गाउँ आयो’ भन्ने उखान झुटो सावित हुँदै गएको छ । रहनसहन, खानपिन आधुनिकतातिर जाँदा धेरै राम्रो भएको छ । पछिल्लो समय बाजुराका ग्रामीणक्षेत्रका स्थानीयले सरसफाइका […]
बाजुरा बडिमालिका नगरपालिका- ९ की ऐना सार्कीले २१ महिनाकी छोरी बिरामी भएपछि जिल्ला अस्पताल पुर्याइन् । अस्पतालले कुपोषण भएको जनायो । ‘कामको धपेडीले छोरीलाई समयमा खाना खुवाउन पाइँदैन । आफ्नै पेट पाल्न मुस्किल छ । विचरी खान नपुगेर बिरामी परेकी रहिछ । डाक्टरले अब उपचार गराउँदा निकाे हुन्छ भनेका छन्’, उनले आशा व्यक्त गरिन् । १४ […]
देशभर कोरोनाको त्रास बढीरहँदा बाजुराका विद्यालयमा भने पठन-पाठन भइरहेको छ । साउन पहिलो साताबाट जिल्लाका सवै विद्यालयमा भौतिक उपस्थितिमै पठन-पाठन सुरु भएको हो । कोरोना सुरक्षा सामग्रीको अनिवार्य प्रयोग गरी पठन-पाठन सुरु गरिएको विद्यालयहरूले जनाएका छन् । बजुराका ५८ माध्यमिक विद्यालय, १८६ आधारभूत र २२३ बालविकास केन्द्रमा पठन-पाठन सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय […]
केही वर्षअघिसम्म गाउँमा ताेरी पेल्न कोलकाे प्रयाेग गरिन्थ्याे । धान कुट्न ओखल, पिठो बनाउन पानीघट्ट, अनि दाल ढुट्याउन जाँतो चलाइन्थ्याे । तर, हिजाेआज यिनकाे प्रयाेग विरलै हुन्छ, बरु लाेप हुने अवस्थामा पुगेका छन् । बाजुरा गौमुल गाउँपालिका- ४, पडिकोटकी ६४ वर्षीया बिउरी रोकाया घरको आँगनमा आवश्यक चामल ओखलमा कुटेर भान्सा चलाउँछिन् । तर, यही गाउँका अन्य […]
बाजुराकाे हिमाली गाउँपालिका– ४, कवाडीमा काेराेनाकाे लक्षण भएका स्थानीयवासीलाई ओडारमा लगेर स्वाब लिन थालिएकाे छ । परीक्षणका लागि उपयुक्त ठाउँ नपाइएकाले खोलानजिकैको ओडारमा लगेर स्थानीयवासीकाे स्वाब संकलन गर्न थालिएकाे स्वास्थ्यकर्मीहरूले बताएका छन् । ‘कवाडीमा स्वास्थ्य संस्था नजिक छैनन् । कसैकाे घर प्रयाेग गरी स्वाब संकलन गराैँ न त भन्दा पनि पाइँदैन । त्यसैले ओडारमा लगेर स्वाब लिएका हाैँ’, जिल्ला स्वास्थ्य कार्यालयका प्राविधिक जगत शाहीले […]
बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका- १, पिपलडालीको हलिया बस्तीका बिरे सार्कीको ढोका बिहानैदेखि खुला छ । तर, छानामाथिको चिम्नीबाट धुवा अझै निस्केको छैन । कोल्टी बजारबाट हुम्ला जाँने मूलबाटोमा पर्ने उनको गाउँका सबै घरमा खडेरीमा प्रताडित माहुरी घारबाट फाट्ट–फुट्ट निस्किए जसरी मान्छेहरू घरभित्र–बाहिर गरीरहेका देखिन्छन् । अरु समय छानामाथिसम्मै धुवाँ आउने घरहरूमा अहिले त्यो देखिन […]